stcnepal long ad
global ime bank long

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निजी क्षेत्रका सुझाव समेट्छौँ : गभर्नर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बुधबार भेटवार्ता गरेको छ।

अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए। बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए।

ब्याजदर घटाउन केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए।

यसैगरी निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको सावा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले बताए। बैंकहरुको खराब कर्जा समेत बढन सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए। उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए।

साथै महासंघसँगको सहकार्य राष्ट बैंकका लागि पनि महत्वपूर्ण रहेको उनको धारणा थियो। भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो।

IME Lifesidebar
kumari