stcnepal long ad
global ime bank long

यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ) को चिठ्ठा परेको छ ।

पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन् । स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदमले अहिले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् ।

IME Lifesidebar
kumari