रिडी पावर कम्पनीलाई ५०% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले रिडीलाई ५० प्रतिशत (१ः०.५० अनुपात) मा हकप्रद सेयर बिक्री गर्न पूर्वस्वीकृति दिएको हो ।
आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक वार्षिक साधारण सभामा पेश हुनेछ । साधारण सभाबाट परित भएपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
























