citizens life insurance long ad
stcnepal long ad

रोयल्टीवापत बाहिरियो करिब साढे १३ अर्ब रुपैयाँ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालू आर्थिक वर्षको हालसम्म रोयल्टीवापत नेपालबाट अर्बौं रकम बाहिरियो । उद्योग विभागले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको आठ महिनामा मात्रै पनि लाभांशवापत करिब साढे १३ अर्ब रकम विदेशिएको देखिन्छ ।

कस्तो छ त चालुू आर्थिक वर्षमा विदेशिएको रोयल्टी रकमको विस्तृत अवस्था अनि आगामि दिनको अवस्था कस्तो रहला ?

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको छ ।

गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो ।

गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान गरिएको छ । कानूनत विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रोयल्टीवाफतको रकम लैजान पाइन्छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आवमा विदेशिने रकम बढ्ने अनुमान गरिएको छ ।

तथ्यांकमा रोयल्टीवापत नेपालबाट बाहिरिन सिफारिस रकमको अवस्था

– चालू आर्थिक वर्षको आठ महिनामा २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ रुपैयाँ

– ११ लाख ४८ हजार ७ सय ६० अमेरिकी डलर

– ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय करेन्सी

– ७ हजार युरो

फागुन महिनामा भएको सिफारिसको अवस्था

– गएको फागुनमा मात्रै लाभांशवापत २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस

– फागुनमा मात्रै सिफारिस अमेरिकी डलर स्३३ करोड ३० लाख ९१ हजार ५ सय ३७

– फागुनमा मात्रै सिफारिस यूरो स् २ लाख ५० हजार २४

– फागुनमा मात्रै सिफारिस भारतीय करेन्सी स्२० लाख १० हजार ५५

– चालू आवको फागुनसम्म व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता

– १५० प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस

उद्योग विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रुपैयाँ लगानी प्रतिबद्धता समेत भएको छ ।

IME Life
kumari