stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन जनरल इन्सुरेन्सले निकाल्यो वित्तीय विवरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल
काठमाडौ हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड २५ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९.९२% ले कम हो । गत वर्ष संस्थाले १२ करोड ५९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष २२ करोड ११ लाख रुपैयाँ रहेको खुद बिमा शुल्क यस वर्ष १० करोड ४१ लख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

बिमा कोषको आकार भने यस वर्ष बढेर ५५ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा ४३ करोड ६२ लाख रुपैयाँ थियो । चैत मसान्तसमम्म आइपुग्दा कम्पनीको पतिसेयर आम्दानी १० रुपैयाँ ९६ पैसा र  प्रतिसेयर नेटवर्थ १८५ रुपैयँ ३० पैसा छ । यसअवधिमा चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ र  जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari