stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्यो पेट्रोलियम पदार्थको मूल्य

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।

prabhu mahalaxmi
kumari