महालक्ष्मी विकास बैंकले नयाँ वर्ष लक्षित गर्दै ल्यायो घर कर्जा योजना
काठमाडौं । घरजग्गा कारोबारमा मन्दी छाएको बेला महालक्ष्मी विकास बैंकले घर कर्जा योजना सार्वजनिक गरेको छ।
नयाँ वर्षको अवसरमा घर खरिद गर्नका लागी वार्षिक १२.९९ प्रतिशत ब्याज दरमा घर कर्जा उपलब्ध गराउने घोषणा बैंकले गरेको छ।
सीमित अवधिका लागी मात्र लागू गरिएको यो कर्जा योजना अन्तर्गत ऋण लिने घरधनी महिला भएको अवस्थामा बैंकको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट समेत उपलब्ध गराउने जानकारी बैंकले दिएको छ।






















