stcnepal long ad
global ime bank long

वर्ल्ड लिंकले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्यायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लि‌ंक कम्युनिकेशनले थप १ अर्ब ८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ।

दुर्गम क्षेत्रका बासिन्दामा इन्टरनेट सेवामा सहज पहुँच पुर्याउनका लागी लगानी गर्ने शर्तमा बेलायती संस्थात ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले ८४ लाख अमेरिकी डलर लगानी गरेको हो ।

यस बाहेक भेन्चर क्पापिटल कम्पनी डोल्मा इम्प्याक्ट फन्डले समेत ६९ लाख डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।

सन् २०१९ मा पनि बीआईआईले वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडमा पहिलो पटक १ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी गरेको थियो ।

बेलायती लगानीको शर्त बमोजिम केही दिन अघि जुम्लामा समेत वर्ल्ड लिंकले तार सहितको इन्टरनेट सेवाको औपचारिक उद्घाटन गरेको हो ।

IME Lifesidebar
kumari