stcnepal long ad
global ime bank long

सरकारलाई विश्वासको मत दिन १० दल सहमत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दलका शीर्षनेता सहमत भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिनिधि सभामा प्रस्तुत हुने एकमत भएर अगाडि बढ्ने सहमति शीर्षनेताबीच भएको छ।

आइतबार बस्ने सङ्घीय संसद्‌ प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत गर्ने विषयमा गठबन्धनका दल एकमत भएका हुन्।

‘‘बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सि सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’’, बैठकपछि प्रधानमन्त्रीको निजी सचिवालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

IME Lifesidebar
kumari