citizens life insurance long ad
stcnepal long ad

आजको मौसम पूर्वानुमान !

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपराह्नतिर हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

IME Life
kumari