डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान
काठमाडौं । डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । काठमाडौं बाल स्वास्थ्य संस्थानले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको छ ।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने, गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउने उद्देश्यले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग गरिएको डाबर नेपालले जनाएको छ ।
उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रवन्ध निर्देशक ईश्वरी राणा र नेपाल बिजनेस हेड एच. एस. बेदीले बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।























