नेपाल विद्युत प्राधिकरणले ल्यायो ‘एनई एप’
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
ग्राहकका गुनासोसमेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एम ‘एनई एप’ सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’मा गई ‘ल्भ्ब् इााष्अष्ब िब्उउ’ सर्च गरी डाउनलोड गर्न सकिनेछ ।
यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी प्रदान गर्नुका साथै विद्युत आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ । सेवा लिन सरल र सहज हुने भएकोले यो एपको प्रयोग गर्न प्राधिकरणले सेवाग्राहीमा अपिल गरेको छ ।
























