डाटा सेन्टर परिक्षणः नबिल बैंकको डिजिटल बैंकिङ सेवा भोलि प्रभावित हुने
काठमाण्डौ । नबिल बैंक लिमिटेडको विद्युतीय भुक्तानी सेवा (कार्ड बाहेक) फागुन ७ गते आइतबारका दिन करिब डेढ घण्टा बन्द रहने भएको छ । बैंकले जारी गरेको सार्वजनिक सूचना अनुसार डाटा सेन्टर परिक्षणका क्रममा आइतबार बिहान ६ देखि ६ः४० बजेसम्म र बेलुकी ५ देखि ५ः४० बजेसम्म बैंकको विद्युतीय भुक्तानी सेवा ठप्प हुने भएको हो ।























