citizens life insurance long ad
stcnepal long ad

जोखिम बढ्दै गएपछि भक्तपुर जिल्लाका तीन ठाउँ सिल

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

भक्तपुर । दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि भक्तपुर जिल्लाका तीन ठाउँ सिल गरिएको छ ।

रामेछाप घर भई भक्तपुर नगरपालिका- १ सल्लाघारी बस्ने ५२ वर्षीय पुरुषको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर सल्लाघारीस्थित उनी डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

त्यसैगरी आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका-६, पाण्डुबजार क्षेत्र पनि सिल गरिएको छ । भक्तपुर नपा-५ योसिंखेलस्थित पुख्र्यौली घर र आसपासका क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो ।-

IME Life
kumari