citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आन्तरिक हवाई यात्रु ३८ प्रतिशत घटे

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या ३८ प्रतिशतले घटेको छ ।

यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्या सधैंको हो । यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने गर्छ ।

यी दुवै कारण अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गर्थ्यो ।

यी कारणसँगै यही माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रुको घटाउन ठूलो भूमिका खेलेको हो ।

पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्ममकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणमा बस नै पो ठिक हो कि भन्ने भावना जागृत भएको छ ।

यही कारण विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेका छन् । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

himalayan life insurance
igi long