stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अवैध लागूऔषध चरेस सहित २ जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

काठमाडौं ।  गजुरी गाउँपालिका-५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध चरेस करिब १ सय केजी सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय बिशाल तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ प ४९९९ र प्रदेश नं.३-०२-००१ प ७४५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ४ वटा प्लास्टिकको बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari