stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत : प्रदीप पौडेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले सत्ता र शक्ति प्राथमिकताको विषय ठान्ने प्रवृत्ति गलत भएको बताएका छन्। उनले विचार र सिद्धान्तमा दूरी भएकाहरूसँग गठजोड गरेर सत्ता प्राप्ति प्राथमिकतामा राख्न नहुने बताए।

उनले भने, ‘सत्ता र शक्तिका लागि सबै कुरा जायज ठान्ने प्रवृत्ति गलत हो । विचार र सिद्धान्तमा अधिकतम दूरी रहँदारहँदै गठजोड गरेर सत्ता प्राप्ति हाम्रो प्राथमिकता होइन।’ उनले अस्वभाविक गठबन्धन गर्ने विषय अशोभनीय हुने पनि बताए।

‘आफ्नै बलमा उभिएर रचनात्मक प्रतिपक्षको भूमिका नै हाम्रो उचित बाटो हो,’ उनले भने। पछिल्लो समय काँग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भएको थियो।

तर काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव काँग्रेसले कसैलाई नराखेको अभिव्यक्ति दिइसकेका छन्।

काँग्रेसभित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने आवाज उठिरहेको छ। शनिबार भएको संसदीय दल बैठकमा पनि सशक्त प्रतिपक्षको भूमिकामा रहनुपर्ने आवाज उठेको थियो।

prabhu mahalaxmi
kumari