stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुस २५ गतेबाट एभरेष्ट बैंकले२० लाख कित्ता ऋणपत्र विक्री गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पुस २५ गतेबाट एभरेष्ट बैंक लिमिटेडले १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ ऋणपत्र निष्काशन गर्न लागेको हो ।

यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जनाएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस ऋणपत्रमा छिटोमा पुस २८ गतेसम्म विक्रीको मिति तय गरेको बैंकले सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ ।

IME Lifesidebar
kumari