stcnepal long ad
ime life insurance
national life
global ime bank long

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको लागि शेयर बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको निष्काशन गरेको शेयर बाँडफाँड सम्पन्न भएको छ ।

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको १०० रुपैयाँ अकिंंत दरको २,४०,००० कित्ता शेयर बाँडफाँड गरेको हो ।

सो आइपीओमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट ८,२५७ जना आवेदकहरुबाट प्राप्त ७,२६,८४० कित्ता शेयरको आवेदन प्राप्त भएकोले आज २२ गते शुक्रबारका दिन १० कित्ता देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० कित्ता देखि ६,३०० सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८,२५७ जना आवेदकहरुलाई २,१५,६७० कित्ता शेयर बाँडफाँड गरीएको र बाँकी रहेको शेयरको लागि ४० कित्ता देखि ६,३०० कित्ता शेयर आवेदन दिने ५,४८३ जना आवेदकहरुबाट २४,३३० कित्ता गरी जम्मा २,४०,००० कित्ता शेयर बाँडफाँड सम्पन्न गरिएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको शेयरहरु मंसिर २३ गते देखि पुस ८ गते सम्म आवेदन खुल्ला गरेको थियो ।

यसरी हेर्नुहोस नतिजा

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइटhttps://results.prabhucapital.com र सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

IME Lifesidebar
kumari