stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सृजना विकास केन्द्रको नेतृत्व विकास सम्बन्धि दुई दिनको तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सृजना विकास केन्द्रका संचालक समिति तथा सदस्यहरुका लागि अध्ययन अवलोकन एवम् नेतृत्व विकास सम्बन्धि दुई दिनको तालिम चितवनको सौराहामा सम्पन्न भएको छ ।

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धन साथै संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।

उक्त तालिममा सल्लाहकार समिति सभापति गणेशबहादुर अधिकारीले संस्थाले आफ्नो सदस्यहरुको नेतृत्व विकासलाई ध्यान दिएर तालिम राख्नु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । अधिकारीले तालिमले युवाहरुलाई नेतृत्वमा आउन प्रोत्साहन गर्ने र थप ऊर्जा थप्ने धारणा राख्नुभयो ।

त्यसैगरी तालिमको समिक्षा गर्दै जनप्रिय क्याम्पसका प्रमुख लोकनाथ भण्डारीले सामान्य लाग्ने विषयले पनि नेतृत्वमा कति फरक पार्छ भन्ने विषयसँगै भाषण कला र नेतृत्वका विविध पक्षलाइ तालिमका विषयबस्तुले समेटेको र नेतृत्वमा आउन चाहाने र आइसकेकाहरुलाई पनि धेरै ज्ञान दिन सफल भएको धारणा राख्नुभयो ।

उक्त दुई दिनको तालिमको नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सहजीकरण गर्नुभएको थियो । तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष वडा न ८ का अध्यक्ष रुद्र बराल, निर्वतमान अध्यक्ष इन्द्र पौडेल, सृजना बाल गृहका संयोजक सोमनाथ बराल, सल्लाहकार परशुराम बराल र हरिप्रसाद बराल, जनप्रिय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, जाल्पा सामुदायिक लघुविक्तका सञ्चालक अर्जुन श्रेष्ठ, संस्थाका प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिव विश्व श्रेष्ठ तालिम संयोजक भिमप्रसाद सुवेदी लगायतले अध्ययन अवलोकन भ्रमण र तालिमको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

सृजना विकास केन्द्र सामाजिक, शैक्षिक क्षेत्रमा क्रियाशिल पोखराको एक अग्रणी संस्था हो । २०३७ सालमा स्थापना भएको सृजना विकास केन्द्रले जनप्रिय क्याम्पस,सृजना बहिरा विद्यालय , सृजना बचत तथा ऋण सहकारी संस्था, बालगृह, सृजना लघु वित्त लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari