मेरो देश – सौरभ ज्योतिको नयाँ गीत
काठमाडौं । श्री सौरभ ज्योति, एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित हुनुहुन्छ । उहाँ संगीतमा पनि गहिरो रुचि राख्नुहुन्छ ।
यही शुक्रवार, २०७९, पुष ८ गते, उहाँको नयाँ गीत, “मेरो देश” सिङ्गल, बजारमा रिलिज हुन गइरहेको छ ।
यो गीत मार्फत, उहाँ आफ्नो देश र ग्राहकहरु प्रति माया दर्शाउन खोजिरहनु भएको छ ।
ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पु¥याएको छ । ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।

























