citizens life insurance long ad
stcnepal long ad

नेवाः पत्रकार राष्ट्रिय दःबु काठमाडौं जिल्ला शाखाको चौंथो अधिवेशन सम्पन्न

नेवाः पत्रकार दःबुको अध्यक्षमा सिंह र सचिवमा शाही निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नयाँ कार्यसमिति चयन गर्दै नेवाः पत्रकार राष्ट्रिय दःबु काठमाडौं जिल्ला शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ।

काठमाडौंमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। देशभरका नेवार पत्रकारको साझा संस्था दःबुको अध्यक्षमा नागरिक दैनिकमा कार्यरत अर्बिन्द्रमान सिंह निर्वाचित हुनुभएको छ।

दःबुको उपाध्यक्षद्वयमा मेरो साप्ताहिकका प्रविन महर्जन र स्वतन्त्र पत्रकार बिमला मानन्धर, सचिवमा गोरखापत्र अनलाइनका मनोज रत्न शाही निर्वाचित हुनुभएको छ।

कोषाध्यक्ष्मा राजेन्द्र मानन्धर सह–सचिवद्वय सुष्मा महर्जन, शरण डंगोल तथा सदस्यमा मोनिका मल्ल, किचं सिंह, विजय सिं उद्वव खड्गी, सहयोग रंजित, सुविन्द्र श्रेष्ठ सहितको १३ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

अधिवेशनको अवसरमा २५ हजार रुपियाँको ‘कगं अजिमा’ खोज पत्रकारिता पुरस्कार र १२ हजार रुपियाँको ‘काठमाडौं नेवाः किन्डरगार्टेन’ शिक्षा पुरस्कारको समेत घोषणा गरेको छ।

IME Life
kumari