माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
गत वर्षको नाफालाई सञ्चितिमा राख्ने
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आवको सम्पूर्ण वितरणयोग्य नाफा सञ्चितिमा राख्ने बैंकले निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंक र माछापुच्छ्रेको आगामी वार्षिक साधारणमा पेश गरिनेछ ।























