नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति–कति ?
काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ ।
बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।






















