citizens life insurance long ad
stcnepal long ad

४० लाख कित्ता संस्थापक सेयर प्रभु बैंकले बिक्री गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले बुधबार (मंसिर २८ गते) देखि संस्थापक समूहको ४० लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १२६ रुपैयाँ तोकेको छ ।

तसर्थ, लगानीकर्ताले १२६ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस १३ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

IME Life
kumari