stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेल्सबेरीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा क्यासब्याक पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत ‘अधिकतम १०० रुपैयाँ सम्मको’ क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन्। क्यासब्याक अफर नेपालभरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पुस ३० गतेसम्म उपलब्ध हुनेछ।

डाइनामिक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

सेल्सबेरीमा नेपाल पे क्युआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुरु गरिएको हो। देशको सबैभन्दा ठूलो रिटेल स्टोर मध्येको सेल्सबेरीको स्टोरमा लागू गरिएको नयाँ अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विज्ञप्तिमा उल्लेख छ।

नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ।

prabhu mahalaxmi
kumari