stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पुस १४ गते सेन्चुरी कमर्शियल बैंकले  साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभा‌ंश पारित गर्न पुस १४ गते साधारणसभा बोलाएको छ । बैंकले सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा बोलाएको हो ।सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साधारणसभाको लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ नेपाल स्टक एक्सचेन्जमा पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

prabhu mahalaxmi
kumari