stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिसेस वर्ल्डको फिनालेमा प्रतिस्पर्धा गर्न दिक्षा अमेरिका प्रस्थान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन्। डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।

सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्छ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रका सहभागी हुँदैछन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपि रसाइली तथा मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षालाई हाल अमेरिकामै बसोवास गर्दै आइरहेकी नेपालकी चर्चित मेक९अप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेक(अप गर्नेछिन्।

उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाउनका लागि गणेश सुनचाँदी पसलबाट उपहारस्वरूप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहारस्वरुप आयोजकलाई प्रदान गर्नेछिन्।

दिक्षाले यसअघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाईवाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रूपमा चयन भएकी थिईन् र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउँदैछिन्।

prabhu mahalaxmi
kumari