सुनको मूल्य प्रतितोला एक लाख नाग्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मंसिर २५ गते छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेर एक लाख पाँच सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय रूपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रूपैयाँले बढेर एक हजार चार सय रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको उनको दाबी छ ।
‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ’ अध्यक्ष शाक्यले बताए। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


























