सेवा अवरूद्धपछि एनसेलले माग्यो माफी
काठमाडौं । बिहीबार बिहानदेखि सेवा अवरुद्ध भएको विषयमा एनसेलले एक सूचना जारी गर्दै माग्यो माफीको छ ।
सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध छ ।
एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको र अप्रत्याशित घटनाले सेवा अवरूद्ध भएको जनाइएको छ ।

























