stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको एजीएम आज, मर्ज र लाभांश प्रस्ताव पारित हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै बैंकले आज शुक्रबार मंसिर २३ गते साधारण सभा बोलाएका छन् ।

जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् ।

दुवै एक  भएपछि  बैंकको  नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभामा दुवै बैंकको लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

जसमा ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३५ बोनस सेयर र करसहित १०.६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, बैंक अफ काठमान्डूले पनि गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २० गतेदेखि सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।

हाल ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari