stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब बिना धितो कर्जा प्रवाह गर्न सहकारी सङ्घ संस्थाहरूले नपाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सहकारी सङ्घ संस्थाहरूले अब विना धितो कर्जा लगानी गर्न नपाउने भएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सहकारी सङ्घ संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बुधबार प्रदेश स्थित ललितपुरमा एक कार्यक्रमकाबीच मापदण्ड जारी गरेको प्रदेश सहकारी मन्त्रालयले सहकारीहरूले मनलाग्दी घर जग्गा जस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने गरेको, संस्थाको वित्तीय अभिलेख नियमित राख्ने नगरेको र लेखा परीक्षण समेत चुस्तदुरुस्त नहुँदा समस्या आएको निष्कर्ष निकालेको हो ।

सोही वेथितिलाई चिर्दै सहकारी शुद्धीकरणसँगै सुदृढीकरण र सबलीकरण गर्न समग्र प्रदेश भित्रका सहकारी सङ्घ संस्थाको अनुगमन तथा नियमन गर्न मापदण्ड जारी गरिएको मन्त्री बलराम पौडेलले बताए ।

सहकारी नियमन तथा लेखा परीक्षण मापदण्डले सहकारीको दर्ता प्रक्रियादेखि प्रकृति अनुसारको काम कारबाही, वित्तीय कारोबारको सीमा, क्षेत्राधिकारसँगै आन्तरिक लेखा परीक्षणलाई समेत व्यवस्थित गर्ने गरी नियम बनाएको छ ।

सोही व्यवस्था अन्तर्गतको परिच्छेद ४ को दफा ८ ले ऋण लगानी सम्बन्धी विधि बनाउँदै कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेको हो ।

संस्थाले आफ्नो सदस्यलाई उपलब्ध स्रोत, जोखिम विश्लेषण एवं संस्थाको कूल पुँजी कोषको आधारमा ऋण प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ भने सोही दफाको उपदफा ३ मा प्रस्तावित ऋण उचित सुरक्षण हुने गरी जायजेथा धरौटी वा कुनै सदस्यको धन जमानीमा मात्र संस्थाले ऋण लगानी गर्नुपर्ने किटान गरेको छ ।

यद्यपि, संस्थाले जेथा जमानी नभएका सदस्यहरूलाई कुनै वा केही सदस्यहरूको बचत रकम धितो रहने सर्तमा वा संस्थाको स्वीकृत नीति बमोजिम सामूहिक जमानीमा लघु ऋण लगानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।

यस्तै, सहकारी नियमन तथा लेखा परीक्षण मापदण्डले सहकारीले ऋण लगानी गर्दा ७०र३० को नीति अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

संस्थाबाट प्रवाहित हुने सबै प्रकारका ऋण लगानीमा कुल परियोजना लागतको बढीमा ७० प्रतिशत अंश संस्थाबाट र घटीमा ३० प्रतिशत अंश ऋणी सदस्यको स्व(पुँजीबाटै बेहोर्नेगरी ऋण लगानी गर्नुपर्ने मापदण्डले व्यवस्था गरेको छ ।

संस्था वा सङ्घले कुल ऋण लगानीको २५ प्रतिशतमा नबढ्ने गरी घर जग्गामा कर्जाको सीमा निर्धारण गरेको बागमती प्रदेश भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय सचिव बलराम निरौलाले बताए ।

यस्तै, रु १० लाखभन्दा माथिको कुल परियोजना लागत निर्धारण गर्दा संस्थागत मूल्याङ्कन कर्ताहरूबाट र अन्यमा कुनै एक सञ्चालक, ऋण उपसमिति सदस्य र व्यवस्थापकको सामूहिक टोलीले मूल्याङ्कन गर्नुपर्नेछ । तर, संस्थाले आफ्नो सदस्यको सेयर प्रमाणपत्र धितो जमानी राखेर कर्जा प्रवाह गर्न पाउने छैन ।

यस्तै मापदण्डले सहकारी सङ्घ संस्थाहरूको व्यवस्थापन, कर्जा प्रवाह तथा असुली, लेखा परीक्षण लगायतको नियमनका लागि १६ वटा आधारभूत मापदण्डहरू तयार गरेको छ ।

धबारदेखि नै कार्यान्वयनमा आएको मापदण्ड कार्यान्वयनका लागि प्रभावकारी अनुगमन समिति तत्काल गठन गरिने मन्त्रालयले जनाएको छ ।

IME Lifesidebar
kumari