stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौंमा लागुऔषधसहित १९ जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गोंगबुबाट लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

मगरको कोठाबाट ५ ग्राम १९ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari