citizens life insurance long ad
stcnepal long ad

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चर्चित पूर्वन्यायाधीश प्रचण्डराज अनिलको आज निधन भएको छ । ९२ वर्षका अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए।

अनिलले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए । पकनाजोलस्थित गंगालाल हस्पिटलमा मृत्युवरण गरेका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए ।

उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए । सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए । तर, उनी कहिल्यै आर्थिक अनियमितताको विवादमा परेका थिएनन् ।

फलस्वरूप अवकाशको पाँच वर्षपछि न्यायपरिषद् सदस्यमा मनोनित भएका थिए । न्यायाधीशमा बहाल हुुँदा र अवकाशपछि पनि विभिन्न घटना दुुर्घटनाको आयोगमा एकल नेतृत्त्वको जिम्मेवारी पाएका अनिल निकै इमानदार, लगनशील र सक्षम न्यायाधीशका रूपमा चिनिन्थे।

अनिलका एक श्रीमती र पाँच छोरा छन् । उनको बारेमा लेखिएको पुस्तक प्रकाशनोन्मुख छ । छोरा डा।अरुण मास्केका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने छ ।

IME Life
kumari