citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

अब बैंकलाई साधारण सभा गर्ने बाटो खुले

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले हिजो बैंकलाई लाभांश स्वीकृत गरेको पत्र पठाएको हो ।

प्रभु बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ६ दशमलव ५० प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो।

राष्ट्र बैंकले सोहि प्रस्ताव स्वीकृत गरेको हो । अब बैंकलाई साधारण सभा गर्ने बाटो खुलेको छ । साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले उक्त लाभांश पाउनेछन्।

IME Life
kumari