stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्दै

मंसिर ९ गते भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ । मंसिर ९ गते अर्थात् भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो ।

बैंकका अनुसार २०७९ मंसिर ९ गते बिक्री हुने बिल्स आगामी चैत मसान्तसम्म अवधिको हुनेछ । इच्छुक काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ भने न्यूनतम् ५ करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँड भने बोलबमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari