stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्टाण्डर्ड चार्टर्ड बैंकलाई कारवाही हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अनिर्वाण घोष दस्तिदार प्रमुख कार्यकारी अधिकृत र गोरख राणा नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख ग्राहक कभरेज नेपालको व्यवस्थापनमा सञ्चालित नेपालको सबैभन्दा प्रतिष्ठित विदेशी बैंक भनिएको स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले योजनाबद्ध रुपमा ऋणीहरुसँग नियम विपरीत ब्याज असुली गर्ने गरेको रहस्य खुलेपछि कारवाहीको भागिदार बनेको छ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार, ऋणीलाई थाहै नदिई उनीहरुसँग असुल गर्ने व्याज रकम बढाएको पाइएपछि नेपाल राष्ट्र बैंक कारवाही गर्न बाध्य भएको बताइएको छ ।

ऋणीबाट गैरकानूनी रुपमा असुल गरेको बढी ब्याज रकम फिर्ता नगरेको भन्दै नेपाल राष्ट्र बैंक उक्त बैंकको साधारण सभा नै रोक्का गर्न बाध्य भएको राष्ट्र बैंक स्रोतले बतायो ।

साधारण सभा नै रोक्का गरिएपछि बाध्य भएर बैंकले ऋणीहरुबाट अनधिकृतरुपमा असुल गरेको ४० लाख रुपैंया फिर्ता बाध्य भएको बताइएको छ । ‘धेरै ऋणीहरुलाई आफूले तिर्नुपर्ने व्याज रकमको हेक्का हुँदैन ।

एक दुई किस्ता ढिलो भयो भने त बैंकमा कति रकम तिर्नुपर्छ भन्ने नै थाहा हुँदैन । बैंकका कर्मचारीले जति भन्यो, त्यति रकम तिर्न वाध्य हुनुपर्छ ।

बैंकले त्यसरी ४० लाख रुपैयाँ नियम विपरीत असुलेको पाइएको थियो । हामीले त्यो फिर्ता नगरेसम्म साधारण सभा हुन दिंदैनौं भनेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गैरकानूनी असुली तिर्न बाध्य भएको छनेपाल राष्ट्र बैंक स्रोतले बतायो ।

स्रोतका अनुसार ऋणीलाई ठगी गरेर असुल गरेको रकम फिर्ता गरेको प्रमाण पेश गरेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकको कारवाही फुकुवा गरेर साधारण सभा गर्ने अनुमति दिएको छ ।

सोही  अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले आगामी २०७९ मंसिर २५ गते साधारण सभा गर्ने भएको छ । बैंक संचालक समितिको प्रस्तावअनुसार सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ । सभाले साधारण सेयरधनीकातर्फबाट एक जना सञ्चालक चयन गर्ने तयारी पनि गरेको छ ।

 

prabhu mahalaxmi
kumari