stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने आज अन्तिम दिन, थपिएको समय पनि सकिंदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल फ्लेक्सी क्याप फन्डमा आवेदन दिने आज मंसिर ७ गते बुधबार अन्तिम दिन हो । नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो ।

पहिलो चरणमा माग अनुसार आवेदन नपरेपछि यसमा आवेदन दिने समय थप गरेर आज मंसिर ७ गते सम्म पुर्याइएको हो ।

यस फन्डले कुल ७ करोड ५० इकाई निष्कासन गरेको छ । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।

बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि  अधिकतम  ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari