citizens life insurance long ad
stcnepal long ad

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औँ मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो ।

खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो । विश्वकपको समूह ‘इ’ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् ।

राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।

IME Life
kumari