citizens life insurance long ad
stcnepal long ad

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक ३० गते अन्तिम दिन हो । मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले बिहीबार मंसिर १ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

IME Life
kumari