stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको मुनाफा सहित अधिकाम्स सूचकमा सुधार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को त्रैमाशिक वित्तीय विवरणमा अधिकाम्स सूचकमा सुधार देखिएको छ ।

कम्पनीले समिक्षा अवधिमा १४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ७ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड १४ लाख रुपैयाँ थियो ।

कम्पनीले यहि अवधिमा खुद बीमा शुल्क आर्जन पनि ६ प्रतिशतले बढाएर २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि २३ प्रतिशतले बढाएर ४३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा दाबी भुक्तानी ६६ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिमा क्मपनीले ५ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरे पनि अझै ९९ करोड २४ लाख रुपैयाँको दाबी तिर्न बाँकी छ ।

कम्पनीले हाल ३९ हजार वटा बीमा पोलिसी जारी गरेको छ । जस मध्ये समिक्षा अवधिमा ४ हजार वटा पोलिसी नविकरण गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४३ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी २० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari