stcnepal long ad
nabil bank
macchha(MBL)

बैंक अफ काठमाण्डू र ग्लोबल आईएमईबीचको स्वाप रेसियो ‘१:१’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूले ग्लोबल आईएमई बैंकसँगको मर्जरको लागि १:१ को स्वाप रेसियो तय भएको जनाएको छ।

बैंक अफ काठमाण्डूको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि १स्१ को स्वाप रेसियो कायम गर्ने निर्णय गरेको हो ।

बैंकले भनेको छ ‘यस बैंकको मिति २०७९/७/२४ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको २३७ औं बैठकबाट यस बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने (Merger) प्रयोजनका लागि मुल्याङ्कनकर्ताले सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन र अन्य बिबिध पक्षहरुको समेत मुल्याङ्कन (Due Diligence AuditMerger) गरी सिफारिस गरेको शेयर आदन प्रदान अनुपात (Share Swap Ratio) बैंक अफ काठमाण्डू लिमिटेडको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंक लि. को १०० कित्ता शेयर कायम गर्ने (अर्थात शेयर स्वाप अनुपात १:१) निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ यी २ बैंकबीच असार २ गते मर्जरको लागि सम्झौता भएको थियो ।

prabhu mahalaxmi
kumari