stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको च्याटबट सेवा सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ ।

यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा गर्न सक्नेछन् । यसका साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरुका लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।

यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत् अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ ।

यसका साथसाथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari