रियलमीले सार्वजनिक गर्यो रियलमी C30
रु. १३,४९९ मूल्य रहेको रियलमी C30s साइड फिंगरप्रिन्ट सेन्सर भएको एक मात्र स्मार्टफोन
काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो C सिरिज अन्तर्गत नयाँ रियलमी C30s सार्वजनिक गरेको छ ।
इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी C30s सुरक्षा र गतिको उत्तम संयोजन हो ।
५०००mAh ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी C30s ले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।
लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरी ज्युले भन्नुभयो,“सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो ।
रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो C सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ ।
डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी ऋघण्क हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।”
रियलमी C30s
रियलमी ऋघण्क को मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । C सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले तपाईको स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउँनुको साथै तपाईको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । ८mm८१.६mm क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ जसले उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।
माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ mm बडी भएको यो रियलमी C30s को तौल केवल १८२ ग्राम रहेको छ ।
यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ ।
रियलमी C30s मा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । Unisoc अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी C30s ले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ ।
यसमा रहेको विशाल ५०००mAh को ब्याट्री र अल्ट्रा–सेभ मोडको साथ रियलमी ऋघण्क ले प्रयोगकर्ताहरुलाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्दछ ।
८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको यस स्मार्टफोनले जीवनका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न मद्दत गर्छ ।
रियलमी C30s स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. १३,४९९ (2GB + 32GB) र रु. १५,९९९ (4GB + 64GB) रहेको छ ।

























