citizens life insurance long ad
stcnepal long ad

मंसिर १८ गते नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५५ बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

२०७७/७८ को नाफा नोक्सान हिसाब–किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । मंसिर ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

IME Life
kumari