citizens life insurance long ad
stcnepal long ad

नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डहरुको असोज महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।

जसमध्ये नबिल इक्विटी फन्डको न्याभ असोज मसान्तमा २२ पैसाले घटेर ९ रुपैयाँ ९३ पैसामा झरेको छ ।

अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ १५ पैसा रहेको थियो । फन्डले असोज मसान्तसम्म ८२ करोड ८२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । भदौमा यसले ८५ करोड २३ रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

नबिल इक्विटी फन्डको यस अवधिसम्म बैंक मौज्दात भने बढेर १८ करोड १ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

भदौमा भने बैंक मौज्दातमा १७ करोड ६९ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ छ । असोज मसान्तसम्म फन्ड ८ करोड २६ लाख रुपैयाँ घाटामा रहेको छ ।

यता, नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ असोज मसान्तमा १० रुपैयाँ १० पैसा कायम भएको छ । न्याभ भदौको तुलनामा २६ पैसा थोरै हो ।

अघिल्लो महिना यस फन्डको न्याभ १० रुपैयाँ ३६ पैसा थियो । यस फन्डले असोज मसान्तसम्म ८० करोड २७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

भदौमा यसले ८२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको असोजसम्म बैंक मौज्दात घटेर ११ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।

भदौमा भने बैंक मौज्दातमा ११ करोड ३८ लाख रुपैयाँ रहेको थियो । यस फन्डको मुद्दति निक्षेपमा २ करोड ६१ हजार रुपैयाँ छ । असोज मसान्तसम्म फन्ड ७ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको छ ।

यसैगरी, नबिलको अर्को म्युचुअल फन्ड ‘नबिल ब्यालेन्स्ड फन्ड–३’ को न्याभ असोज मसान्तमा ८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

न्याभ भदौको तुलनामा १५ पैसा थोरै हो । भदौमा यस फन्डको न्याभ ८ रुपैयाँ २८ पैसा थियो । यस फन्डले असोज मसान्तसम्म ५८ करोड ८८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । भदौमा यसले ६० करोड ८० लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

फन्डको असोजसम्म बैंक मौज्दात बढेर २२ करोड ४ लाख रुपैयाँ पुगेको छ । भदौमा भने बैंक मौज्दातमा १४ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

यस फन्डको मुद्दति निक्षेपमा १० करोड ९५ लाख रुपैयाँ छ । असोज मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ ५ करोड ५३ लाख रुपैयाँ घाटामा रहेको छ ।

IME Life
kumari