एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको प्रतिफल सुरक्षित गर्ने आज कात्तिक १४ गते अन्तिम दिन हो । प्रतिफल बितरण गर्न दुवै दुवैले मंगलबार कात्तिक १५ गते बुक क्लोज गर्दैछन् ।
यसर्थ, आजसम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउनेछन् । दुवै फन्डले समान १३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न लागेका छन् ।
यी दुवैको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ । यस आधारमा एसिया ग्रोथ फन्डले १० करोड ८५ लाख ७६ हजार रुपैयाँ र एनआइसी एसिया ब्यालेन्सड्ले ९ करोड ८१ लाख ८५ हजार रुपैयाँ नगद लाभांशमा वितरणमा खर्च गर्नेछन् ।






















