citizens life insurance long ad
stcnepal long ad

सरकारले भन्सार राजश्वमा छुट दिएपछि कारको आयात उकालो लाग्दा पेट्रोलबाट चल्ने कारको आयात ह्वात्तै घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिजुलीबाट चल्ने सवारी–साधनको प्रयोगलाई प्रोत्साहन गर्न सरकारले भन्सार राजश्वमा छुट दिएपछि यसको आयात क्रमशः बढ्दै गएको छ ।

मुलुकको विभिन्न स्थानमा बिजुलीबाट चल्ने कार,जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधासँगै लोकप्रिय ब्राण्डले समेत विद्युतीय कारको बिक्रीमा जोड दिन थालेपछि यसको बजार क्रमशः उकालो लागेको हो ।

स्वदेशी बजारमा अहिले प्रायः सबै जसो लोकप्रिय ब्राण्डको विद्युतीय कार,जीप,भ्यानहरु उपलब्ध छ । महिन्द्रा, किया, टाटा, एमजी र ह्युण्डाई, बिवाइडी ब्राण्डको विद्युतीय कार नेपालमा मन पराइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

सवारी साधन आयात हुने मुख्य भन्सार नाका वीरगंज भन्सार हुँदै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको आयात १७६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी विद्युतीय मोटरसाइकलको आयात १३१ प्रतिशतले उकालो चढेको छ ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आ।व।मा असोज मसान्तसम्ममा ४६ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको १२४ थान विद्युतीय कार,जीप, भ्यान भित्रिएको छ ।

आ.व.२०७८/७९ को असोजसम्ममा १६ करोड ५३ लाख रुपैयाँ मूल्यको ४५ थान विद्युतीय कार, जीप भ्यान आयात भएको थियो ।

तीन महिनाको अवधिमा चालू आ.व. मा त्यसैगरी ४ करोड ८३ लाख रुपैयाँ मूल्य बराबरको ४११ थान विद्युतीय मोटरसाइकल आयात भएको छ ।

गत आ।व।को सोही अवधिमा २ करोड २ लाख रुपैयाँको जम्मा १७८ थान विद्युतीय मोटरसाइकल यो नाकाबाट भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्यले पेट्रोलियम इन्धनबाट चल्ने चारपाङग्रे सवारी साधनको आयातमा नियन्त्रण गरेपछि विद्युतीय कारको आयात र बिक्री दुबै बढेको छ ।

IME Life
kumari