citizens life insurance long ad
stcnepal long ad

इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिको भन्दा ४४.३३प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो । यसले नाफा प्रभावित गरेको हो ।

यसअवधिसम्म सञ्चालन नाफा ४५.९९ प्रतिशत ले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यता, खुद ब्याज आम्दानी भने १८.६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो । चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ ।

IME Life
kumari