citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको मुनाफा १०.७९ प्रतिशतले बढयो

बैंकको वितरण योग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म प्रभु बैंक लिमिटेडको नाफा १०.७९ प्रतिशतले बढेर ७० करोड ५० लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा यसले ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिसम्म सञ्चालन नाफा १५.४४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सो नाफा ८८ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी पनि ३८.७१ प्रतिशतले बढेर १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा बढ्न सहयोग गरेको सो बैंकले जनाएको छ।

बैंकको वितरण योग्य नाफा ३० करोड ९३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको प्रभुको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ पैसाले घटेर २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा छ ।

प्रभु बैंकले सेन्चुरी बैंक लिमिटेडलाई गाभ्ने सम्झौता गरेको छ । कमजोर र रूग्ण क्रिष्ट बैंक र ग्राण्ड बैंकलाई मर्जर गरिसकेको छ भने अब कमजोर रहेको सेन्चुरी बैंक लिमिटेडलाई गाभेर राम्रो बैंक बनाउने भएको छ।

IME Life
kumari